राजधानी दैनिकका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेरचनलाई मातृशोक, थसेस जापानद्धारा समवेदना प्रकट ।


हार्दिक श्रद्धान्जली
राजधानी न्युज पव्लिकेशन प्रालिद्धारा प्रकाशित राजधानी दैनिकका अध्यक्ष तथा प्रवन्ध निर्देशक तथा नेपाल पत्रकार महासंघ राजधानी दैनिक प्रतिष्ठान शाखाका संरक्षक महेन्द्र शेरचन लाई मातृशोक परेको छ । शेरचनकी ममतामयी माता पुर्णकुमारी शेरचनको ७८ वर्षको उमेरमा पाटन अस्पतालमा अस्ति आईतबार २. ३० वजे निधन भएको हो । दम रोगबाट पीडित पूर्णकुमारीलाई अचानक हृदयघात भएपछि उपचारार्थ अस्पताल भर्ना गरिएको थियो । उनको आइतबार बेलुकी स्वयम्भूमा थकाली परम्पराअनुसार अन्तिम संस्कार गरिएको छ ।

त्यसअघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि वनस्थलीस्थित थकाली सेवा समितिको समाज घरमा राखिएको थियो । राजधानी दैनिकका अध्यक्ष शेरचन स्वर्गीय पूर्णकुमारीका एक मात्र सन्तान हुन् । एमाले अध्यक्ष झलनाथ खनाल, प्रचार बिभाग प्रमुख प्रदीप ज्ञवालीसहितका नेताहरू, विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू स्वर्गीय शेरचनप्रति श्रद्धाञ्जली अर्पण गर्न थकाली समाज घर तथा स्वयम्भू पुगेका थिए । उनको निधनप्रति थकाली सेवा समिति जापानले गहिरो शोक व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछ ।

 

अध्यक्ष,
शरद कुमार गौचन
थकाली सेवा समिति जापान परिवार