थकाली वेल्फेयर सोसाईटी यूकेको आयोजनामा राष्ट्रिय कवि स्वर्गिय भूपी शेरचन स्मृति खुला तारा प्रतियोगिता हुने


थकाली वेल्फेयर सोसाईटी यूकेको आयोजनामा राष्ट्रिय कवि स्वर्गिय भूपी शेरचन स्मृति खुला तारा प्रतियोगिता, फालो तथा ग्रीष्म कालिन बिबिक्यू हुने भएको छ ।  उक्त कार्यक्रम मा विभिन्न संघ संस्था तथा थकाली वेल्फेयर सोसाईटी यूकेको धनुषधरहरु मध्ये करिब १२ टीमले भाग लिने भएका छन् । उक्त दिनमा भूपी कप, थासांग कप, विभिन्न स्थानमा रहेका थकालीहरुको वीच अन्तर क्षेत्र प्रतियोगिताको लागि कोषाध्यक्ष कप बडो प्रतिस्धार्मक ढंग संग भिडन्त हुने भएको छ । गत वर्षको भूपी कप तथा थासांग कपका विजेता मगर संघ यूके र थकाली हरु वीचको कोषाध्यक्ष कप अल्दर्शत थकाली टीमले हात पार्न सफल भएका थिए । त्यस्तै गरेर परम्परागतमा म्याग्दी, झिं गाउँ हाल फानबोरो इंग्ल्याण्ड बस्नु हुने श्री यामबहादुर पुन र रिकर्भ तर्फ प्यूठान जिल्ला सेउलीवांङ्ग गाउँ हाल आस, इंग्ल्याण्ड बस्नु हुने श्री जित शेरचन क्रमश: सर्वोकृष्ट धनुष्धर भएका थिए । यो वर्षको दावेदार मगर संघ यूकेको ए टीम हुने आशंका भएतापनि त्यस दिनको खेलको परिणामले निर्णय दिनेछ ।
सम्पूर्ण धनुखेहरुलाई आफूले चाहेको नतिजा ल्याउन अग्रिम बधाई दिन चाहान्छ ।

थकाली वेल्फेयर सोसाईटी यूके
मिति :१४ जुलाई २०१३ साल
समय : बिहान ११ बजे
स्थान : Cody Sports & Scocial Club The Fair way Farnborough GU14 0LP

सम्पर्क:
मेजर खिम गौचन ०७४२७४५६८५ ,
गणेश शेरचन ०७७११८२५५१० 
कृष्ण तुलाचन – उपाध्यक्ष ०७४१११९१०२४ 
टंक तुलाचन – सचिब ०७९३२६८८४९४
सफल शेरचन – कोषाध्यक्ष ०७८८३०६१० ४०

श्रोत : श्री रेशम शेरचन
अध्यक्ष थकाली वेल्फेयरसो साईटी यूके